शुक्रबार, चैत १६, २०८०
23:41 | ०५:२६

युक्रेनका केही भाग गाभ्ने रुसी निर्णयप्रति पश्चिमबाट व्यापक आलोचना

रासस–एएनआई अक्टोबर १, २०२२

तस्बिर एपी

पेरिस, १५ असोज–फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार युक्रेनी भू–भाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लंघन भएको बताएका छन् ।

उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भू–भाग फिर्ता लिन रुस विरुद्धको युद्धमा युक्रेनको साथमा रहेको समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले ट्वीट गर्दै रुसको चार युक्रेनी क्षेत्र गाभ्ने कदम अवैध भएको, यसले अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमिकताको गम्भीर उल्लंघन गरेको बताएका छन् ।

“फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भू–भागमा पूर्णस्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुनःप्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिनेछ,” उनले ट्वीटरमा लेखेका छन् ।

अमेरिकाको चेतावनी

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई ‘छिटो र गम्भीर मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएको छ ।

उक्त कदमलाई ‘अवैध’ भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैं युक्रेनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिकरूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनःप्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू