मंगलबार, वैशाख ४, २०८१
15:58 | २०:४३

साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन   

रासस-एएनआई सेप्टेम्बर २९, २०२२

रियाद-योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले देशभरका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ ।

साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै  विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो । 

योग व्याख्यान कक्षामा मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई समेटिएको थियो र व्यावसायिक योगासन खेलकुद तालिममा सहभागी हुन स्थानीय र अन्तरराष्ट्रिय प्रतियोगिताको रूपमा विकास गर्ने उद्देश्य थियो। 

साउदी युनिभर्सिटी स्पोर्ट्स फेडेरेसनसँगको सहकार्यमा साउदी योग समितिले रियादमा कार्यक्रम आयोजना गरेको हो ।

युवाहरूलाई व्यावसायिक योग प्रशिक्षणमा सामेल हुन उत्प्रेरित गरराउँने उद्देश्यले विश्वविद्यालयभित्र व्यावसायिक योगासन प्रतियोगिताहरूको विस्तार गर्ने योजना राखिएको छ ।

साउदी योग समितिका अध्यक्ष नौफ अलमारवाईले समितिले साउदी समाजमा व्यापक मात्रामा योगशिक्षा फैलाउने उद्देश्य राखिएको छ। 

योगप्रेमीको पुस्ता निर्माण गर्न साउदी विश्वविद्यालयहरूले खेलकुद महासंघसँग सहकार्य गर्न पहल गरेको बताइएको छ ।

अलमारवाईले समितिले अभ्यासकर्ताहरूको सङ्ख्या बढाउन एवं स्थानीय र क्षेत्रीय योग प्रतियोगितामा भाग लिने योग टोलीहरू निर्माण गर्न खोजिएको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू