शनिबार, वैशाख ८, २०८१
19:49 | ००:३४

रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग   

रासस-एएनआई सेप्टेम्बर २२, २०२२
Ukrainian President Volodymyr Zelenskyy 1

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की

न्यूयोर्क, ६ असोज –युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि हजारौँ मानिसको मृत्यु र लाखौँ विस्थापित भएको उनले जानकारी दिए ।

“रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ,” उनले भने । यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनु पर्ने उनको भनाइ छ ।

रुसलाई कारबाही गरिए उसको आक्रमणबाट मृत्यु भएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनको तर्क थियो ।

रुसले आफ्नो देशमा आंशिकरुपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गरेका हुन् ।

रुसले युक्रेनमा गत फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको सङ्ख्यामा पनि वृद्धि गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ । महासभा यही सेप्टेम्बर २७ सम्म चल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू