शुक्रबार, चैत १६, २०८०
21:45 | ०३:३०

पुटिनको कदमप्रति जि ७ नेताले गरे निन्दा

रासस-एएफपी सेप्टेम्बर २२, २०२२

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ६ असोज–जि७ का विदेश मन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन् ।

सात समूहका मन्त्रीहरूले रुसको बढ्दो कदमहरूको निन्दा गरेका छन् । सेनाको आंशिक परिचालन र गैरजिम्मेवारपूर्ण आणविक हतियार समावेश रहेको विदेश मन्त्रीहरुद्वारा जारी विज्ञप्तिमा बुधबार जनाइएको छ ।

जि७ ले अझ थप लक्षित प्रतिबन्धहरु पछ्याउने र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसंघ महासभाको बैठकपछि बताएका छन् ।

‘हामी अध्ययन गर्नेछौं, हामी नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौं, व्यक्तिगत र क्षेत्रगत दुवै,’- बैठकमा भाग लिने ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले आफ्ना युरोपेली सहकर्मीहरूसँगको बैठकपछि बुधबार पत्रकारहरूलाई भने ।

क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जि७ मन्त्रीहरु साथै युरोपेली संघका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झुटो जनमत संग्रह’ गर्ने योजनाको निन्दा गरेका छन् ।

रुसी सेनाहरुको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने पनि उनीहरुले जानकारी दिएका छन् । उनीहरूले रुसलाई हालैका हप्ताहरुमा आक्रमणको निशाना बनेको जापोरिझिया आणविक उर्जा केन्द्रको नियन्त्रण युक्रेनलाई फिर्ता दिन पनि आह्वान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू