शुक्रबार, जेठ ४, २०८१
03:52 | ०८:३७

पुटिनले युक्रेनमा लड्न जगेडा सैनिक परिचालनको निर्देशन दिएसँगै रूस छाड्नेको भीड

रासस-सिन्ह्वा सेप्टेम्बर २१, २०२२

तस्बिर एपी

मस्को, ५ असोज -राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएको छ ।

यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्ण रूपमा बुकिङ भएको एयरलाइन्स् र ट्राभल एजेन्टको तथ्यांकले देखाएको छ ।

पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रूसले सुरुमा करिब तीन लाख जगेडा सैनिकलाई परिचालन गर्ने बताएका छन् ।

रूसमा लोकप्रिय एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत मुलुक अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका शहरहरूमा हुने सिधा उडानहरूको बुधबारको टिकट पूरै बिक्री भएका छन् ।

टर्किस एयरलाइन्सले आफ्नो वेबसाइटमा भनेको छ, “रूस जाने र आउने उडानहरूका लागि महत्वपूर्ण गन्तब्य रहेको इस्तानबुल विमानस्थलकाका लागि शनिबारसम्म सबै टिकट बुक भएका छन् ।”

बेलग्रेडका लागि अर्को उपलब्ध एयरसेर्बियाको उडान सेप्टेम्बर २६ का लागि मात्र उपलब्ध रहेको बताइएको छ ।

गुगलको तथ्यांकअनुसार रूसमा ‘टिकट’ र ‘उडान’ का लागि गरिएको खोजीमा स्थानीय समयअनुसार बुधबार ६ बजेपछि दोब्बरभन्दा बढी भएको छ ।

‘रुस छोड्न’ अनुरोध सामान्य समयको तुलनामा बिहानको समयमा १०० गुणा बढी गरिएको गुगल ट्रेन्ड्सको तथ्यांकले देखाएको छ ।

पुटिनले युक्रेनमा मस्कोको ‘विशेष सैन्य अभियान’ को घोषणासँगै रूस र युरोपेली संघबीचको उडान बन्द भएको थियो ।

लडाईंको सुरुवातले रूसीहरूमाझ सैन्य शासन लागू गर्न सकिन्छ कि भन्ने चिन्ता उत्पन्न भयो र दशौं हजार मानिस रूसको छिमेकी देशहरूमा पलायन भए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू