शुक्रबार, जेठ ४, २०८१
07:38 | १२:२३

बाइडेन एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन आज बेलायत प्रस्थान गर्दै

रासस–एएनआई सेप्टेम्बर १७, २०२२

तस्बिर एएफपी

वाशिङ्गटन, १ असोज–अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलायत प्रस्थान गर्दे छन् । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो ।

राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले शनिबार महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । दुवैले समारोह स्थलमा महारानी एलिजाबेथ द्वितीयाको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नेछन् ।

यसैबीच, उनीहरू राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुने र सोही दिन अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू