शुक्रबार, जेठ ४, २०८१
03:52 | ०८:३७

युक्रेनको पूर्वी भूभागमा चिहान र ‘यातना केन्द्र’ भेटियो, सयौं शव फेला

रासस/एएफपी सेप्टेम्बर १६, २०२२

युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रबार पुनः कब्जामा लिएको इज्युम शहरबाहिरको सल्लाको जंगलमा पुगेर बलौटे माटोबाट सयौं शवहरू निकाल्न सुरु गरेका छन् । तस्विर एएफपी

इज्युम, युक्रेन, ३१ भदौ–युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रबार पुनः कब्जामा लिएको इज्युम शहरबाहिरको सल्लाको जंगलमा पुगेर बलौटे माटोबाट सयौं शवहरू निकाल्न सुरु गरेका छन् ।

एएफपीका सम्वाददाताका अनुसार कम्तीमा एउटा शव हातले बाँधिएको अवस्थामा गाडिएको भेटिएको छ ।

कीभका अधिकारीहरूले खार्किभ क्षेत्र रूसी आक्रमणकारीहरूबाट पुनः कब्जामा लिएपछि सामूहिक चिहानस्थलमा ४५० चिहानहरू गणना गरिएको र १० कथित ‘यातना केन्द्रहरू’ फेला पारेको बताएका छन् ।

इज्युमबाहिरको जंगलमा चिहानको टुप्पोमा अस्थायी क्रस र नम्बरले चिनो लगाइएको एएफपीका सञ्चारकर्मीले बताए । चिहानमा लेखिएको थियो, “१७ युक्रेनी सेना गाडिएको इज्यूम चिहान ।”

कीभको सेनाले हालैका दिनहरूमा पूर्वमा प्रति–आक्रमणमा धेरै क्षेत्रहरू बरामद गरेको छ र धेरै शहरहरूलाई रूसी सेनाबाट मुक्त गरेको छ ।

प्रहरी प्रमुख इगोर क्लाइमेन्कोले बालाकलिया शहर र खार्किभका अन्य स्थानमा यातना कक्ष फेला परेको बताएका छन् भने राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले इज्युम सामूहिक चिहान स्थलमा मात्रै कम्तीमा ४५० शव रहेको बताएका छन् ।

पोडोल्याकले भने, ‘कब्जा गरिएका क्षेत्रहरूमा महिनौंदेखि व्यापक आतंक, हिंसा, यातना र सामूहिक हत्याहरू भइरहेका भेटिएको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू