शुक्रबार, जेठ ४, २०८१
02:51 | ०७:३६

केन्याको पाँचौँ राष्ट्रपतिले लिए शपथ

रासस/सिन्ह्वा सेप्टेम्बर १३, २०२२

केन्याका नयां राष्ट्रपति विलियम रुटो (दायां) सर्वोच्च अदालतकी प्रधानन्यायधीशबाट शपथपछि सर्टिफिकेट ग्रहण गर्दै । तस्विर एपी

नैरोबी, २८ भदौ– केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ लिएका छन् ।

नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ खुवाउनका लागि राजधानी नैरोबीमा मंगलबार विशेषसमारोहको आयोजना गरिएको थियो ।

समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए । केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तर लगायतमा सुधार ल्याउने प्रतिवद्धता गरेका छन् ।

सन् १९६६ मा जन्मिएका रुटोले गत अगस्ट ९ मा भएको राष्ट्रपतिय निर्वाचनमा जित हासिल गरेका हुन् ।

उनले विपक्षी दलका नेता राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका थिए । पराजित भएका नेताले निर्वाचन धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेका थिए । तर सर्वोच्च अदालतले भने निर्वाचन परिणाम सही नै भएको फैसला गरेको छ ।

कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू