शुक्रबार, जेठ ४, २०८१
07:38 | १२:२३

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रासस-एएफपी सेप्टेम्बर १२, २०२२

अमेरिकामा बनेको एम ७७७ होवीट्जर प्रहार गर्दै युक्रेनी सेना खारकिभ क्षेत्रमा । तस्बिर एएफपी

किभ, २७ भदौ–रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ ।
रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् ।
“पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले भने ।
युक्रेनका सेनाले ती बस्तीहरू फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन् ।
देशको दक्षिणी र पूर्वी क्षेत्रमा पछिल्लो हप्ता युक्रेनले रुसी सुरक्षाकर्मी विरुद्ध सफलता हासिल गरिरहेको युक्रेनी सेनाको दावी छ ।
उनीहरूले इज्युम, कुपियन्स्क, बालाक्लीया लगायतका ठाउँहरू यसअघि नै फिर्ता गराइसकिएको युक्रेनको भनाई छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जोलेनेस्कीले पनि दैनिक सम्बोधनका क्रममा आइतबार खार्किभ र डोनेत्स्क क्षेत्र पुरै, जापोरिझझीया, डिनिप्रोपेट्रोभ्स्क र सुमीको केही क्षेत्र फिर्ता लिइएको बताएका छन् ।
फिर्ता गराइएका अधिकांश ठाउँमा अहिले विद्युत सेवा पनि सूचारु भइसकेको समेत उनले जानकारी दिए ।
युक्रेनले रुसद्धारा कब्जा गरिएका धेरै ठाउँ फिर्ता गराउने अभियानलाई तिव्रता दिइएको र सफलता पनि प्राप्त भइरहेको जनाएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू