शुक्रबार, जेठ ४, २०८१
06:45 | ११:३०

महारानी एलिजाबेथको अन्त्येष्टिमा बाइडेन सहभागी हुने   

रासस-एएनआई सेप्टेम्बर १०, २०२२

वासिङटन–अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन् ।

बेलायतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उजले बताए । “म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,” ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरूमाझ भने ।

राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्यूज नेटवर्कले जनाएको छ ।

शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू