बिहीबार, जेठ २, २०८२
३७ हजार मेट्रिक टन गहुँ बोकेको जहाज युक्रेनबाट यमन प्रस्थान


रासस/सिन्ह्वा
अगस्ट ३०, २०२२

फाइल तस्बिर- न्यूयोर्क टाइम्स्
साना, १४ भदौ –विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले ३७ हजार मेट्रिक टन गहुँ बोकेको जहाज मंगलबार युक्रेनको युजन्हीको ब्ल्याक सी बन्दरगाहबाट यमनतर्फ प्रस्थान गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।
गत “फेब्रुअरीमा (रूसी–युक्रेनी) द्वन्द्व सुरु भएदेखि युक्रेनबाट भएको खाद्य सहायताको यो दोस्रो सामुद्रिक ढुवानी रहेको विज्ञप्तिमा जनाइएको छ ।
यो ढुवानीले यमनका करिब ४० लाख मानिसलाई एक महिनाका लागि सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ जसले देशको अर्थतन्त्र ध्वस्त भएको छ र लाखौँलाई भोकमरीमा धकेलिरहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५