शुक्रबार, जेठ ४, २०८१
04:07 | ०८:५२

लिबियामा पुनः हिंसा भड्कियो, १२ को मृत्यु, ८७ घाइते

रासस/सिन्ह्वा अगस्ट २८, २०२२

झडपपछि आगजनी गरिएका क्षतिग्रस्त कारहरु । तस्बिर सिन्ह्वा

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् ।

स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । त्रिपोलीमा शनिबार यहाँका विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ ।

सो हिंसामा परेर अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका हुन् । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुमा पनि क्षति पुगेको बताइएको छ ।

शनिबार भएको विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका छन् । आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनले विरोध गरेको छ । लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू