शुक्रबार, जेठ ४, २०८१
06:23 | ११:०८

पुटिन र सी ‘जी–२०’ शिखर सम्मेलनमा सहभागी हुने

रासस/एएननआई अगस्ट १९, २०२२

बाली, इन्डोनेसिया–इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने बताएको छ ।

विडोडोले ब्लुमबर्गसँग भनेका छन्, “सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनु भएको छ ।”

अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय मुलुकहरूले रूसी नेता पुटिनले यूक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए भने तीनै मुलुकका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर रूस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिननहुने बताउँदै सम्मेलनमा सहभागिता जनाउनु पर्नेमा जोड दिँदै आएका छन् ।

पछिल्लो समय अमेरिका र चीनबीच ताइवान विषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो ।

चीन र अमेरिकाबीच व्यापार, मानव अधिकार, ताइवानलगायतका विभिन्न विषयमा द्वन्द्व हुँदै आएको छ । यसैबीच, युक्रेनमा जारी युद्धले अमेरिकी नेतृत्वको पश्चिमी समूह र मस्कोबीच दरार बढाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू