शुक्रबार, चैत १६, २०८०
18:41 | ००:२६

सिरियामा आइएसका कमाण्डर मारिए

रासस-सिन्ह्वा अगस्ट १६, २०२२

दमासकस । सिरियाली सुरक्षा निकायले गरेको एक कारबाहीमा यहाँको आतङ्कवादी समूह आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन् । सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दारामा गरेको कारबाहीका क्रममा ती कमाण्डर मारिएको बताइएको छ ।

यहाँका सञ्चारमाध्यमहरुले केही दिनअघि मात्र पनि आइएसका एक वरिष्ठ कमाण्डर मारिएको समाचार दिएका थिए र सोमबारको कारबाहीमा यी अर्का कमाण्डर मारिएका छन् । सिरियाली सेनाले मारिएका ती कामाण्डर महमद अहमद अल–हलाक रहेको जनाएको छ ।

मारिएका ती कमाण्डर दक्षिणी सिरियाका एक खतरनाक कमाण्डर रहेका पनि समाचारमा जनाइएको छ । दक्षिणी सिरियाको दारा क्षेत्रको यारमाउकमा आइएसको एक तालिम केन्द्र रहेको छ र सो तालिम केन्द्रको प्रमुखका रुपमा यी कमाण्डरले काम गरिरहेका थिए ।

सेनाले केही दिन यतादेखि सिरियाको दारा क्षेत्रमा आइएसका विरुद्धमा व्यापक मात्रामा कारबाही अघि बढाएको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू