बिहीबार, वैशाख १३, २०८१
01:39 | ०६:२४

करिब २ करोड फिलिपिन्स नागरिक गरिबीको रेखा मुनी

रासस–सिन्ह्वा अगस्ट १५, २०२२

मनिलामा मानिसहरु किनमेलका क्रममा ।

मनिला, ३०– साउन–सन् २०२१ मा झण्डै दुई करोड फिलिपिन्सका नागरिकहरू गरिबीको रेखामुनी बाँचिरहेको सोमबार सार्वजनिक गरिएको सरकारी सर्वेक्षणले देखाएको छ ।

सन् २०२१ को पारिवारिक आय–व्यय सर्वेक्षणलाई उद्धृत गर्दै फिलिपिन्स तथ्यांक प्राधिकरण (पीएसए) ले उक्त जनसङ्ख्या प्रतिव्यक्ति आयले आधारभूत खाद्यान्न र गैर–खाद्य आवश्यकताहरू पूरा गर्न नसक्ने देखाएको छ। कुल जनसङ्ख्यामा सो अनुपात १८.१ रहेको बताएको छ।

यो आँकडाले लगभग दुई करोड नागरिकहरूको प्रतिनिधित्व गर्दछ। फिलिपिन्समा करिब ११ करोड जनसङ्ख्या छ।

सर्वेक्षणले पाँच जनाको परिवारलाई उनीहरूको आधारभूत खाद्य आवश्यकताहरू पूरा गर्न प्रतिमहिना कम्तिमा ८,३७९ पेसो (लगभग १५० अमेरिकी डलर) आवश्यक पर्दछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू