मंगलबार, चैत ६, २०८०
07:48 | १३:३३

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

रासस/सिन्ह्वा अगस्ट १०, २०२२

वासिङ्टन, २५ साउन–साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्वीटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन् ।

‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए ।

सान फ्रान्सिस्कोको संघीय न्यायलयमा मंगलबार ११ सदस्यीय न्यायधीसको इजलासले उनलाई सम्पत्ति शुद्धीकरण रेकर्डमा जालसाजी र ‘वायर फ्रड’ को एकाउन्टमा पनि दोषी ठहर गरेको थियो ।

अबुअम्मो अन्य पाँच वटा अभियोगमा निर्दोष ठहरिएका छन् । अबुआम्मोले सन् २०१३ देखि २०१५ सम्म ट्वीटरमा काम गरेका थिए भने मध्यपूर्व र उत्तरी अफ्रिकाका उच्च प्रोफाइल प्रयोगकर्ताहरूसँग मिडिया साझेदारीको व्यवस्थापन गरेका थिए ।

सञ्चार पोर्टलका अनुसार उनले साउदी सरकारको आलोचना गर्ने इमेल एकाउन्ट र फोन नम्बरहरू साउदी अधिकारीलाई पटक पटक उपलब्ध गराएका थिए, जसमा बेनामी रूपमा सञ्चालित अकाउन्ट ‘मुज्तहिद’ पनि समावेश थियो ।

अभियोजक एरिक चेङले गत साता अन्तिम बहसमा अबुअम्मोले करिब एक वर्षसम्म आफ्नो वार्षिक तलबको तीन गुणा बढी घूस लिएको बताएका थिए ।

यद्यपि, ट्वीटरले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । अबुअम्मो बुधबार अदालतमा सुनुवाइका लागि उपस्थित हुने कार्यक्रम छ । अमेरिकी सरकारले लेबनानी मुलका अमेरिकी नागरिक अबुअम्मोलाई साउदी सरकारको ओहदामा उक्लँदै गरेका बादर बिनासेकर नामका व्यक्तिले उक्त योजनामा सामेल गराएको बताएको छ ।

तीन सन्तानका पिता अबुअम्मोलाई सन् २०१९ मा सियाटलमा मुद्दा चलाइएको थियो, जहाँ उनी त्यतिबेला बस्थे र अमेजन इंकमा तीन वर्षपछि सोसल मिडिया कन्सल्टेन्टका रूपमा काम गरिरहेका थिए ।

उनले आफू निर्दोष रहेको दाबी गरेका थिए । अभियोजकहरूका अनुसार यो योजना सन् २०१४ को ग्रीष्मऋतुमा सुरु भएको थियो । अबुआम्मोले ट्वीटरको मुख्यालयको भ्रमणका क्रममा तत्कालीन साउदी युवराज मोहम्मद बिन सलमानका सहयोगी बिनासेकरलाई भेटेका थिए । त्यसको केही समयपछि नै यी दुईबीच निकट सम्बन्ध बनेको थियो । करिब छ महिनापछि, डिसेम्बरमा अबुअम्मोले कामको सिलसिलामा लण्डनमा बिनासेकरलाई भेटेका पाइएको छ ।

एरिक चेङले भने, “उनी ४० हजार अमेरिकी डलरभन्दा बढीमूल्यको लक्जरी घडी लिएर अमेरिका फर्किएको सरकारले जनाएको छ । त्यो लक्जरी घडी निः शुल्क थिएन, राज्यले अहिले आफ्नो ट्वीटर इन्साइडर सुरक्षित गरेको छ ।”

न्याय विभागले अल्जाबराह र अर्का व्यक्ति अहमद अलमुताइरीलाई साउदी अरेबियालाई निजी ट्वीटर प्रयोगकर्तालाई जानकारी दिन भूमिका खेलेको आरोपमा विदेशी सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोप लगाएको छ ।

साउदी नागरिक अलमुताइरीले साउदी राजपरिवारका लागि काम गर्ने एक सामाजिक सञ्जाल कम्पनीलाई नियन्त्रण गरेको र अबुअम्मोलाई यस योजनामा भर्ना गर्न सहयोग गरेको अमेरिकी सरकारले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू