बिहीबार, असोज २०, २०७९
20:15 | ०१:००

रुसी आक्रमणमा १३ सर्वसाधारण मारिए

रासस-एएफपी अगस्ट १०, २०२२

फाइल फोटो

युक्रेन –मध्य युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रुसी आक्रमणमा परी १३ जना सर्वसाधारण मारिएका स्थानीय गभर्नरले बुधबार बताएका छन् ।

‘यो भयानक रात थियो । एघार जना एकैपटक मारिए’- भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममा लेखेका छन् । घाइते मध्ये दुई जनाको मृत्यु भएपछि यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या १३ पुगेको गभर्नरले थप जानकारी दिए ।

जापोरिझ्झिया आणविक उर्जा केन्द्रबाट निपर नदीको अर्को छेउमा रहेको मार्गानेट गाउँमा भएको आक्रमणमा परी १२ जना मारिएका क्षेत्रीय परिषद्का प्रमुख माइकोला लुकाशुकले बताएका छन् ।

प्रशासनिक भवनहरु, अग्ला भवनहरु, एउटा विद्यालय, एउटा सांस्कृतिक दरबार, एउटा नगर परिषद्को भवन क्षतिग्रस्त भएको गभर्नरले जनाए । रुस र युक्रेनले एकअर्कालाई प्लान्टनजिकै गोलाबारी गरेको आरोप लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू