बिहीबार, वैशाख १३, २०८१
20:26 | ०१:११

ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआइको छापा

रासस-सिन्ह्वा अगस्ट ९, २०२२

फाइल तस्बिर एपी

वासिङटन, २४ साउन –अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआइले छापा मारेको एक समाचारमा जनाइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआइका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको जनाएका छन् ।

पूर्व राष्टपति ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबीआइका एजेन्टहरु आएर छापा मारेको जनाएको समाचारमा उल्लेख छ ।
उनीहरुले ट्रम्पको त्यहाँस्थित घरलाई नै नियन्त्रणमा लिएका छन् ।

एफबीआइको यो छापा उनी अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरुका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ ।

साथै गत वर्ष अमेरिकी संसद भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकाले त्यस विषयका लागि पनि यो छापा मारिएको अनुमान गरिएको छ ।

यस विषयमा संसदीय छानबिन जारी छ । एफबीआइले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्व अमेरिकी राष्ट्रपति न्यूयोर्कको ट्रम्प टावरमा रहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू