मंगलबार, वैशाख ४, २०८१
10:47 | १५:३२

पेलोसीको ताइवान भ्रमण ‘दुर्भावनापूर्ण उत्तेजना’: मेदभेदेव

रासस-सिन्ह्वा अगस्ट ५, २०२२

पेलोसी । तस्बिर एपी

मस्को । रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले बिहीबार अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई “दुर्भावनापूर्ण उत्तेजना” भनेका छन्। आरआईए नोवोस्तीसँगको अन्तर्वार्तामा मेदभेदेवले भने- ‘संयुक्त राज्य अमेरिकाले एक चीन नीतिको पालना गरेको दाबी गरे पनि विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको छ जसका उद्देश्यहरू अस्पष्ट छन् ।’

मेदभेदेवले यो भ्रमण एशियामा अन्तरराष्ट्रिय सुरक्षालाई कमजोर पार्ने उद्देश्यले जानजान गरिएको गरिएको उक्साहट भएको बताएका छन्। पेलोसीको भ्रमणले यस क्षेत्रको राजनीति र सुरक्षा चासोको सरगर्मी बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू