बिहीबार, साउन २६, २०७९
06:04 | १०:४९

रुससँग लड्न युक्रेनले माग्यो थप सहयोग

रासस-सिन्हवा जुन ३०, २०२२

किभ, १६ असार –युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन् ।

उनले बुधबार नेटा सम्मेलनलाई सम्बोधन गर्दै सो माग गरेका हुन् । भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलिन्स्किीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकाले सोको लागि आग्रह गरेको बताए ।

उनले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताए ।

राष्ट्रपति जेलिन्स्किीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगत रुपमा सुरक्षाको आवश्यकता परेको बताए ।

युक्रेनका धेरै सहरहरुमा रुसले आक्रमण जारी राखेको र उसका विरुद्ध लड्न युक्रेनलाई धेरै हातहतियार तथा आधुनिक प्रविधिको खाँचो रहेको भन्दै उनले सो सहयोगको खाँचो औँल्याए ।

साथै उनले युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोगा आवश्यक रहेको पनि बताएका छन् । स्पेनको म्याड्रिडमा यही जुन २८ देखि नेटो सम्मेलन सुरु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू