शनिबार, वैशाख ८, २०८१
15:40 | २०:२५

विश्वभर पुन: फैलिंदै कोरोना संक्रमण

११० देशमा संक्रमण पुष्टि

रासस-एएनआई जुन ३०, २०२२

जेनेभा । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरस संक्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बुधबार जनाएको छ ।

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि संक्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् ।

“महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,” डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने ।

विश्वभरीको तथ्यांक हेर्दा अहिले औसतमा २० प्रतिशत संक्रमण बृद्धि भएको पनि उनले जानकारी दिए ।

डब्लुएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ ।

पछिल्लो १८ महिनामा विश्वभरी १२ अर्ब खोप वितरण गरिएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

“विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् । अन्य कतिपय देशले आर्थिक समस्याका कारण खोपको सङ्ख्या त्यो तहसम्म पुरयाउन सकेका छैनन्,” उनले भने ।

न्यून आय भएका देशहरूलाई डब्लुएचओ लगायतका कतिपय सहयोगी संस्था तथा निकायको सहयोगमा केही खोप उपलब्ध गराइएको पनि उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू