शुक्रबार, वैशाख ७, २०८१
11:06 | १५:५१

इरान–अमेरिका आणविक वार्ता कतारमा हुने

रासस/एपी जुन २८, २०२२

तेहरान, १४ असार –इरान र अमेरिकाबीचको आणविक वार्ता केही दिनमा कतारमा हुने भएको छ । सरकारी स्वामित्वको तेहरान टाइम्सले दुई देशबीचको अप्रत्यक्ष वार्ता कतारमा हुने जनाएको हो ।

अमेरिकासँगको अवरुद्ध आणविक वार्ताका लागि इरानका शीर्ष आणविक वार्ताकार एवम् कतारका लागि इरानका राजदूत हमिदरजा देघानी दोहोमा प्रतीक्षा गरिरहेका उक्त पत्रिकाले जनाएको छ ।

इरानका लागि अमेरिकी विशेष प्रतिनिधि रोब मालीले सोमबार राति कतार पुगेको पुष्टि गर्दै उनले कतारी विदेशमन्त्री अब्दुलाहमान अल थानीसँग इरान समस्या समाधान गर्न संयुक्त कूटनीतिक प्रयासबारे विचारविमर्श गरेका थिए ।

इरानसँगको वार्ताका लागि स्थान उपलब्ध गराउन कतारले सहर्ष सहमति जनाएको कतारी विदेश मन्त्रालयले बताएको छ ।

खाडी राष्ट्रहरूको स्थायित्व, सुरक्षा र शान्तिका निम्ति आणविक वार्ता आयोजना गर्ने नयाँ क्षितिज खोल्न दोहाले सहमति जनाएको छ ।

क्षेत्रीय सहयोग र शान्तिका लागि उसले आफ्नो भूमि वार्ताका खातिर उपलब्ध गराउन सहमति जनाएको कतारी कूटनीतिज्ञहरूले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू