शुक्रबार, चैत १६, २०८०
20:54 | ०२:३९

डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी   

रासस-सिन्ह्वा जुन २२, २०२२

कोपेनहेगन-डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ ।

सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ ।

यस पटक पनि सुरुमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गर्न लागिएको छ ।

प्रधानमन्त्री मेटे फ्रेडेरिक्सनले कोरोनाविरुद्ध लड्ने अर्को चरणको प्रयासअन्तर्गत यो खोप अभियान सुरु गर्न लागिएको जानकारी दिइन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आगामी सेप्टेम्बर १५ देखि चौथो मात्रा खोप लगाउन थालिने जनाइन् ।

डेनमार्कमा यही जुन २० सम्ममा ३१ लाख ५५ हजार ९७२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसैगरी छ हजार ४३२ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांक छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू