शुक्रबार, वैशाख २१, २०८१
10:28 | १५:१३

अफगानिस्तानमा ७० जोडीको सामूहिक विवाह   

रासस-सिन्ह्वा जुन १४, २०२२

तस्बिर- एएफपी

काबुल – अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामूहिक विवाह भएको छ । आफैं विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक संस्थाले सामूहिक विवाह समारोह आयोजना गरिदिएको हो ।

“सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको सामूहिक विवाह समारोह आयोजना गरेको हो,” एक स्थानीय अधिकारीले भने ।

आर्थिक समस्याका कारण आफैं विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरुका लागि आफूहरुले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरुले जनाएका छन् ।

विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्तहरु मात्रै सहभागी भएका थिए । अफगानिस्तानमा विवाह समारोह आयोजना गर्नु धेरै महंगो मानिन्छ । तालिबान सरकारले पनि महंगो विवाह समारोह आयोजना गर्न निरुत्साहित गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू