शुक्रबार, वैशाख २१, २०८१
07:38 | १२:२३

चीनमा राष्ट्रिय उर्जा वचत सप्ताह सुरु

रासस-सिन्ह्वा जुन १३, २०२२

बेइजिङ – चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा वचन सप्ताह सुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो ।

राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवनशैली अपनाउन प्रेरित गरिने जनाएको छ । कोरोना भइरहेको महामारीका कारण यस बर्ष पनि यस अभियान अनलाइन माध्यमबाट बढी हुने भएको छ ।

चीनमा अहिले पनि कोरोना भाइरसको महामारी चलिरहेको छ । त्यसैले कतिपय प्रतिवन्धात्मक व्यवस्था अझै पनि कायमै रहेको छ । सप्ताहको क्रममा उर्जा सम्वन्धी प्रदर्शनी र नयाँ नयाँ प्रविधि तथा उपायहरुका बारेमा जानकारी पनि अनलाइनबाटै गराइने भएको छ । जुन १३ देखि सुरु भएको उर्जा वचन सप्ताह जुन १९ सम्म चल्ने छ ।

चीनमा सन् १९९१ देखि हरेक बर्ष उर्जा सप्ताह हुने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू