बिहीबार, वैशाख १३, २०८१
10:24 | १५:०९

अस्ट्रेलियाका प्रधानमन्त्रीले राष्ट्रिय निर्वाचनमा हार स्वीकारे

रासस/एएफपी मे २१, २०२२

तस्बिर एपी

सिड्नी, अष्ट्रेलिया ७ जेठ-अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् ।

मोरिसनले भने, “आज राती मैले प्रतिपक्षी नेता तथा भावी प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग कुरा गरेको छु र उहाँको चुनावी विजयका लागि मैले उहाँलाई बधाई दिएको छु ।”

५४ वर्षीय प्रधानमन्त्री नेताले निर्वाचनमा प्रमुख दललाई मतदाताको समर्थन नदेखिएको उल्लेख गरे ।

उनले भने, “मेरो विचारमा हाम्रो राष्ट्रमा भइरहेको उथलपुथलबारे मलाई चिन्ता लागेको छ । हाम्रो राष्ट्रहितका लागि यो समस्या अन्त्य हुनु र राष्ट्रिय राजनीतिक गतिविधि अगाडि बढ्नु महत्वपूर्ण छ ।”

उनले भने, “हाम्रो गठबन्धनको बलियो नेतृत्वमा मलाई कुनै शंका छैन, अबको तीन वर्षपछि म गठबन्धनको सरकार फर्काउने प्रतीक्षामा छु ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू