बुधबार, वैशाख १२, २०८१
02:31 | ०७:१६

युक्रेनमा पश्चिमी हतियारको ‘ठूलो’ ढुवानी नष्ट गरेको रुसको दाबी

रासस /एएफपी मे २१, २०२२

मस्को । मस्कोको सेनाले उत्तरपश्चिमी युक्रेनमा लामो दूरीका मिसाइलहरू सहित पश्चिमी देशबाट आपूर्ति गरिएका हतियारको ठूलो ढुवानी नष्ट गरेको रुसी रक्षा मन्त्रालयले शनिबार दावी गरेको छ ।

संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूबाट पठाइएका उच्च सटीक लामो दूरीका समुद्रमा–आधारित हतियार र सैन्य उपकरणहरूको ठूलो मात्रा जाइटोमिर क्षेत्रको मालिन रेलवे स्टेशन नजिकै नष्ट गरिएको मन्त्रालयले पुष्टि गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू