शुक्रबार, वैशाख १४, २०८१
15:04 | १९:४९

जर्मनी र फ्रान्सका नेतासँग युक्रेनी राष्ट्रपतिले गरे फोनवार्ता  

रासस-सिन्हवा मे १८, २०२२

किभ- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन र फ्रान्सका नेताहरुसँग फोनवार्ता गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले मंगलबार जनाएको छ ।

उनले जर्मन चान्सलर ओलफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोसँग फोनवार्ता गरेका हुन् ।

सो फोनमा उनले पछिल्लो समयमा युक्रेनको अवस्थाबारे कुराकानी गरेका थिए । जेलिन्स्किीले सो अवसरमा रुसमाथि थप नाकाबन्दी लगाउन जर्मनी र फ्रान्सका नेताहरु समक्ष आग्रह पनि गरेका थिए ।

जर्मन र फ्रान्सेली नेताहरुले युक्रेनका राष्ट्रपति जेलिन्स्किीलाई रुसमाथिको थप नाकाबन्दीका बारेमा आफूहरुले सोचिरहेको र थप नाकाबन्दी लगाउने बताएका थिए ।

साथै उनीहरुले युक्रेनलाई थप सहयोगका लागि पनि आस्वासन दिएको प्राप्त समाचारमा जनाइएको छ ।

रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्धन्द्धको चपेटामा छ । यहाँका नागरिकलाई थप मानवीय सहयताका साथै रुसविरुद्ध चाल्नुपर्ने कदमका बारेमा उनीहरुबीच कुराकानी भएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू