शुक्रबार, वैशाख १४, २०८१
10:43 | १५:२८

विश्वव्यापी खाद्य चुनौती सम्बोधन गर्न अमेरिका र ईयू अग्रसर

रासस–एएनआई-स्पुतनिक मे १६, २०२२

वासिङ्टन (अमेरिका), २ जेठ-युक्रेनमा जारी द्वन्द्वको बीचमा सम्भावित विश्वव्यापी खाद्य चुनौतीहरूको प्रतिक्रिया विकास गर्न संयुक्त राज्य अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् (टीटीसी) भित्र नीतिगत संवाद स्थापना गर्न लागेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले पत्रकारलाई जानकारी दिएका छन्।

संयुक्त राज्य अमेरिका, युरोपेली आयोग र युरोपेली काउन्सिलद्वारा ट्रान्सएट्लान्टिक व्यापार र लगानी प्रवर्धन गर्न गत गृष्ममा स्थापित यूएस–ईयू टिटिसीले पेरिस, फ्रान्स नजिकैको सेगवे टेक्नोलोजी हबमा मे १५–१६ सम्म आफ्नो दोस्रो मन्त्रीस्तरीय बैठक गर्दैछन्।

“हामी यूएस–ईयू टिटिसीले युक्रेनमा रुसी आक्रमणका कारण उत्पन्न भएको विश्वव्यापी खाद्य सुरक्षा चुनौतीहरूको प्रतिक्रिया विकास गर्ने उद्देश्यले नीतिगत संवाद स्थापना गर्दैछौँ’, एक अधिकारीले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू