शुक्रबार, चैत १६, २०८०
18:19 | ००:०४

सगरमाथाको चुचुरोमा पुगे ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसाल

कार्बन उत्सर्जन कम गर्न सगरमाथाको आरोहण

रासस मे १६, २०२२

काठमाडौँ। वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज विहान ०७.३० बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

भुसालको आरोहण व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् ।

विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

नेपाल बार एसोसिएसनको लोगो अंकित झण्डासहित भुसाल वैशाख २ गते सगरमाथा आरोहणमा गएका थिए ।

अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानूनमा स्नातकोत्तर उनले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डा प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् ।

भुसालकी छोरी डा प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू