शनिबार, १९ सेप्टेम्बर, २०२६
19:39 | ००:२४

नयाँ संविधान जारी भएको ११ वर्ष पूरा, टुँडिखेलमा विशेष समारोह

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२६

काठमाडौँ, असोज ३ गते । संविधानसभाबाट नयाँ संविधान जारी भएको ११ वर्ष पूरा भएको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको नेपालको संविधान जारी भएको थियो । हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइन्छ ।

संविधान दिवसको अवसरमा शनिबार संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत सहभागी भए ।

समारोहमा नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायले मार्चपास गरेका थिए भने शान्तिको प्रतीक परेवासमेत उडाइएको थियो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गरेका थिए ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू