बुधबार, वैशाख १२, २०८१
06:15 | ११:००

पत्रकार उमाकान्त ८७ दिनपछि युएई जेलबाट मुक्त

नेपाली लिङ्क मे १३, २०२२

अबुधावी–युएईको अबुधावीस्थित केन्द्रीय कारागार जेलमा रहेका पत्रकार उमाकान्त पाण्डे ८७ दिनपछि आज रिहा भएका छन् । नेपाली दूतावासबारे फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो ।

पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), आरएसएफ, युएई पत्रकार संघ, आइएफजे मिडिलिष्टलगायतले उनको रिहाइका लागि सहयोग गरेका छन् ।

महासंघले युएई प्रहरीमा दूतावासले गरेको उजुरी, पाण्डेका विषयमा अदालतको फैसला, अदालतलाई नेपाली दूतावासको तर्फबाट लेखिएको पत्रलगायतका महत्वपूर्ण कागजात प्राप्त गरेपछि नेपाल सरकारलाई दबाब परेको थियो ।

रिहा भएपछि फोन गरेर पाण्डेले महासंघलगायत आफ्नो रिहाइका लागि पहल गर्ने सबै व्यक्ति, संघसंस्थालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू