शनिबार, वैशाख १५, २०८१
20:25 | ०१:१०

श्रीलंकाको सम्भावित नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे

रासस-एएफपी मे १२, २०२२

कोलम्बो – श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् ।

पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेको बताइएको छ ।

उनलाई आजै शपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताउएका छन् ।

राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । ‘म संसदमा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु’ टेलिभिजन सम्बोधनमा राजापाक्षेले भनेका थिए ।

दुई करोड २० लाख जनसंख्या भएको यस देश खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फंसेको छ । महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका समर्थकहरूले सरकार विरोधी समर्थकहरूलाई आक्रमण गरेलगत्तै कोलम्बोमा दंगा फैलिएको थियो ।

केही दिनदेखि जारी रहेको यस हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २०० भन्दा बढी घाइते भएका छन् । राजापाक्षेका समर्थकहरुले घरहरूमा आगो लगाइदिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू