श्रीलंकामा आर्थिक-राजनीतिक संकटपछि फेरि संकटकाल



श्रीलंकामा सरकारविरोधी आन्दोलन चर्किएको छ । तस्बिर- एपी
कोलम्बो, २४ बैशाख – आर्थिक तथा राजनीतिक रुपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ ।
गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक संकट व्यवस्थापन गर्न संकटकाल लागू गर्नु परेको स्पष्ट पारेका छन् ।
आर्थिक तथा राजनीतिक संकटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटकाल घोषणा गरेको हो ।
सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि संकटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ ।
आन्दोलनकारीहरूले ढुवानी तथा आवतजावत समेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकाले अवरोध हटाउन र सेवा प्रवाह सहज गराउन संकटकाल लगाउनु परेको राष्ट्रपतिको भनाई छ ।
सरकारले संकटकाल घोषणा गरेर जनताको आवाज नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५