फेरि निर्वाचित भए औषधीको मूल्य घटाउने अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट




अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन
क्यानबेरा, १७ बैशाख– अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूलाई फेरि निर्वाचित गराएमा औषधीको मूल्य घटाउने अठोट व्यक्त गरेका छन् ।
उनले सन् २०२३ देखि औषधीको मूल्य कम हुनेगरि अहिले आफूले गृहकार्य गरिरहेको र आफू फेरि निर्वाचित भएमा त्यो लागू गर्न सक्ने दावी गरेका छन् ।
उनले आफूभन्दा अर्को व्यक्ति निर्वाचित भएमा त्यो व्यवस्था लागू गर्न सक्ने वा नसक्ने भन्न नसकिने पनि स्पष्ट पारे ।
उनले शनिबार आफू फेरि पनि प्रधानमन्त्रीमा निर्वाचित भएमा औषधीको खर्च घटाउने काम मुख्य हुने बताए ।
औषधीमा सरकारी अनुदान बढाउंदै उत्पादक तथा बिक्रेताहरूलाई नाफा घटाएर उपभोक्ताका लागि औषधीको मूल्य घटाउन सकिने उनको भनाइ छ ।
अष्ट्रेलियामा आगामी मे २१ मा नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको छ । त्यसका लागि अहिले निर्वाचन प्रचार प्रसारको काम तीब्र रुपमा भइरहेको छ ।
औषधीको मूल्यसँग मानिसको जीवन जोडिएकाले त्यसलाई सस्तो बनाउनु हितकर र उपयोगी काम हुने मोरिसनले बताए ।
अष्ट्रेलियामा अहिले प्रधानमन्त्री नेतृत्वको सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी लेबर पार्टीका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
दुवै पक्षले आफूलाई बलियो देखाउने र अर्कोलाई कमजोर देखाउने गरी आलोचनात्मक टिप्पणी गर्दै आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५