एलन मस्कले ४४ अर्ब डलरमा किने ट्वीटर



अर्बपति एलन मस्क
न्यूयोर्क १३ बैशाख–सामाजिक सञ्जाल ट्वीटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत जनाएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्वीटर किन्ने प्रस्ताव गरेका थिए ।
सन् २००६ को मार्चमा यसको स्थापनापछि ट्वीटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ । ती मध्ये ८० प्रतिशत भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिरका छन् । ट्वीटरले २०१७ को अन्त्यसम्म नाफा लिन सकेन । यद्यपि ट्वीटरले गत वर्ष २२ करोड १० लाख अमेरिकी डलर बराबरको रकम घाटा भएको बताएको थियो ।
हालको अवस्थामा ट्वीटरमा ‘व्यापक सम्भावना’ रहेको र ती सम्भावनाका ढोकाहरुलाई आफूले खोल्ने मस्कले बताएका छन् । उनले नक्कली खाताहरूलाई हटाउने तथा कैयौं प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका छन् । कम्पनीले सुरुमा मस्कले भनाइ अस्वीकार गरेको थियो ।
फोर्ब्स पत्रिकाकाअनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर छ । उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५