बिहीबार, १८ जुन, २०२६
19:58 | ००:४३

युक्रेनमा सम्भावित ‘नरसंहार’ को अन्तर्राष्ट्रिय छानविन माग

रासस–एएफपी अप्रिल ४, २०२२

तस्विर एपी

वार्सा, २१ चैत–पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सोमबार युक्रेनमा रुसी सेनाले गरेको आक्रमणलाई ‘नरसंहार’ को संज्ञा भन्दै त्यसबारे अन्तरराष्ट्रिय छानबिनको माग गरेका छन् ।

‘हामी नरसंहारको यो अपराधको छानबिन गर्न अन्तरराष्ट्रिय आयोगको प्रस्ताव गर्दैछौं’- उनले राजधानी कीभ नजिकैको बुचा लगायतका शहरहरूमा नागरिकहरू माथि जारी हत्याको सन्दर्भ उठाउँदै आग्रह गरे ।

उता, स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहार’ को संकेत देखिएको बताएका छन् । रुसी सेनाले युक्रेनी नागरिकहरूविरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ ।

‘हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नका लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं । मानवता विरुद्धको अपराध विरुद्धमा प्रस्तुत हुने छौं’- उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू