आइतबार, जेठ ८, २०७९
12:17 | १७:०२

मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु 

रासस-सिन्ह्वा मार्च २८, २०२२

मेक्सिको सिटी । मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाको मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०:३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति घाइते भएका बताएको छ ।

उक्त घटनामा मृत्यु हुनेमा १६ पुरूष र तीन महिला रहेका बताइएको छ । मिकोआक्यान राज्यको लस टिनाजा शहरमा उत्सवका लागि भएको जमघटमा दुई समूहबीच विवाद भएपछि गोली चलेको एक प्रत्यक्षदर्शीले बताएका अभियोजनकर्ताको कार्यालयलाई जानकारी प्राप्त भएको छ ।

आक्रमणको सूचना पाएपछि अपराध दृश्य तथा विशेषज्ञ सेवा एकाइका कर्मचारीहरू तुरुन्तै घटनास्थल पुग्दा गोली लागि १६ पुरुष र तीन महिला मृत अवस्थामा फेला परेका एफजीइले जानकारी गराएको छ ।

आक्रमणमा घाइते भएका अन्य दर्जनौँ मानिसलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार सुरू गरिएको छ । घटनाबारे थप जानकारीका लागि अनुसन्धान भइरहेको भन्दै अधिकारीले घटनाबारे थप विवरण दिन इन्कार गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू