शनिबार, वैशाख ८, २०८१
05:22 | १०:०७

माल्दिभ्स प्रहरीद्वारा आतंकवादीको आशंकामा ९ पक्राउ  

रासस-सिन्ह्वा मार्च २८, २०२२

कोलम्बो– माल्दिभ्स प्रहरीले सोमबार अड्दु शहरमा आतंकवादी गतिविधि गर्न खोजेको आशंकामा नौ जनालाई पक्राउ गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले घटनाबारे अनुसन्धान भइरहेको र शंकास्पद व्यक्तिसँग सोधपुछ भइरहेको बताएका छन् । आक्रमणको तयारी गर्दागर्दैको अवस्थामा संदिग्धहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यम मिहारुले जनाएको छ ।

राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले शनिबार सबै टापुहरूको भ्रमण शुरु गरेपछि यो गिरफ्तारी भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू