बिहीबार, चैत १५, २०८०
18:06 | २३:५१

मालीमा ८८६ नागरिक मारिए

रासस–एएनआई - सिन्ह्वा मार्च २५, २०२२

बामाको (माली), ११ चैत–गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएका, घाइते भएका वा बेपत्ता भएका मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले प्रकाशित गरेको नोटमा जनाइएको छ ।

पीडितमध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ ।

दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ ।

समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समूहहरूबाट हुने मानवअधिकार उल्लंघनमा भने अघिल्लो अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ ।
नोटमा भनिएको छ, हिंसा देशको केन्द्रमा विशेष गरी बन्दियागारा, डुएन्जा, मोप्ती र सेगोउ क्षेत्रहरूमा थियो ।

सन् २०१२ देखि मालीले सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुआयामिक संकट सामना गरिरहेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर–सामुदायिक हिंसाले यस पश्चिम अफ्रिकी देशमा हजारौंको ज्यान लिएको छ भने हजारौं विस्थापित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू