बिहीबार, चैत १५, २०८०
10:43 | १६:२८

अमेरिकाले यूक्रेनबाट विस्थापित एक लाख शरणार्थीलाई आश्रय दिने

रासस/एएफपी मार्च २४, २०२२

तस्विर एएफपी

ब्रसेल्स, १० चैत–युद्धका कारण यूक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ । रूसको आक्रमणका कारण लाखौँ मानिस यूक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो ।

अमेरिकाले अरु एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा पनि गरेको छ । सो रकम यूक्रेनमा उत्पन्न मानवीय संकट समाधानका लागि प्रयोग गरिने अधिकारीहरुको भनाइ छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारी अनुसार, मानवीय सहायता अन्तर्गत खाद्य पदार्थ, आश्रयका लागि आवश्यक सामग्री, सफा पानी, स्वास्थ्य सामग्री लगायतका सहयोग प्रदान गरिने भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू