बुधबार, वैशाख २६, २०८१
00:46 | ०५:३१

नेटोले पूर्वी युरोपमा थप सैनिक पठाउने   

रासस-सिन्ह्वा मार्च २४, २०२२

ब्रसेल्स–उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) ले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रहरुले यसलाई सहमति प्रदान गर्ने बताए ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हुन् ।

उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो विचार व्यक्त गरे ।

उनले पत्रकार सम्मेलनमा भने– ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नुहुने छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू