शनिबार, वैशाख ८, २०८१
10:12 | १४:५७

अन्तरराष्ट्रिय धादिङ समाजको पहलमा डेन्टल सेवामा छुट

नेपाली लिङ्क मार्च २३, २०२२

लन्डन। अन्तरराष्ट्रिय धादिङ समाजको पहलमा सम्पूर्ण गैरआवासीय नेपाली र धादिङ जिल्लावासीहरुले डेन्टल सेवामा छुट पाउने भएका छन्।

समाज र  काठमाडौंस्थित डेन्टल डक्टर क्लिनिकले एक सम्झौता गरी उक्त छुटको व्यवस्था मिलाएका हुन्।  

सम्झौताअनुसार दन्त रोगसम्बन्धी सम्पूर्ण उपचारमा २५ प्रतिशत छुट मिल्ने अन्तरराष्ट्रिय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए। 

समाजका प्रवक्ता विशेष लोहनीका अनुसार धादिङ जिल्लामा बसोबास गर्ने सबैले पनि उक्त छुट पाउनेछन्। छुट प्राप्त गर्न धादिङ जिल्लाबासी भएको परिचयपत्र खुल्ने प्रमाण आवश्यक पर्नेछ ।

यसैगरी गैर आवासीय नेपालीहरुलाई पनि २५ प्रतिशत छुटमा सम्पूर्ण उपचार गरिने व्यवस्था गरिएको छ।

काठमाडौंको शंखमुलमा रहेको डेन्टल डक्टर क्लिनिकमा  विसं. २०७९ साल बैशाख १ गते देखि लागू हुने उक्त सम्झौता २०८१ बैशाख १ गतेसम्म जारी रहने छ। 

अन्तरराष्ट्रिय धादिङ समाजको तर्फबाट अध्यक्ष राजन खकुराल र डेन्टल डक्टर क्लिनिक प्राईभेट लिमिटेडका तर्फबाट निर्देशक प्रा डा मनोज हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू