बुधबार, वैशाख १२, २०८१
08:42 | १३:२७

संयुक्त राष्ट्रसंघ महासभाले युक्रेनका विषयमा पुनः मतदान गर्ने   

रासस-एएनआई/सिन्ह्वा मार्च २२, २०२२

न्युयोर्क–संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनसम्बन्धी प्रस्तावको मस्यौदामा बुधबार मतदान गर्दैछ । महासभा प्रवक्ताका अनुसार युक्रेनमा रुसको विशेष सैन्य कारबाही शुरु भएयता यो दोस्रो यस किसिमको प्रस्ताव हो ।

महासभाको ११ औं आपतकालीन विशेष सत्र महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले पुन: शुरु गर्न अनुरोध गर्ने पत्र प्राप्त गरेपछि आयोजित हुनेछ । प्रवक्ता पाउलिना कुबियाकले एक इमेलमा पत्रकारहरूलाई सम्प्रेषण गरेअनुसार युक्रेन र अन्य सदस्य राष्ट्रहरूद्वारा प्रायोजित मस्यौदा प्रस्ताव पेश गरिएको छ र छलफलको प्रक्रियामा छ।

कूटनीतिक स्रोतका अनुसार संयुक्त राष्ट्रसंघको नयाँ मस्यौदा प्रस्तावमा मानवीय अवस्थालाई केन्द्रित गर्दै नागरिक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष आह्वान गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू