आइतबार, जेठ ८, २०७९
11:44 | १६:२९

चीनमा दुर्घटनाग्रस्त विमानको उद्धार कार्य जारी   

रासस-सिन्ह्वा मार्च २२, २०२२

उद्धार कार्यपछि थकित उद्धारकर्ताहरु आराम गर्दै । तस्बिर एएफपी

नानिङ, चीन, ८ चैत– दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजी कार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तको राजधानी ग्वाङ्झाउमा रहेको ड्रोन उद्धार केन्द्र र विमानको गन्तव्यसमेत रहेका उद्धारकर्ता झू सियाओडोङले उक्त स्थानमा पुग्ने केही बाटोहरू मात्र भएकाले उद्धार कार्य गर्न कठिन भएको बताएका छन् ।

मंगलबार बिहान साढे ७ बजे उद्धारस्थलमा हल्का वर्षा भएको थियो । स्थानीय मौसम विभागले मंगलबारदेखि बिहीबारसम्म यस क्षेत्रमा थप वर्षा हुने अनुमान गरिएको छ । यसैकारण खोजी कार्यमा प्रतिकूल असर पार्न सक्ने बताइएको छ । कुनमिङबाट गुआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २:३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू