आइतबार, जेठ ८, २०७९
11:06 | १५:५१

ट्युनिसियाको समुद्री किनारमा २० अवैध आप्रबासीको शव भेटियो

रासस/सिन्ह्वा मार्च २०, २०२२

ट्युनिस, ६ चैत– ट्युनिसियाको उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ ।

रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो । ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रबासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो ।

उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू