शुक्रबार, वैशाख ७, २०८१
03:22 | ०८:०७

अमेरिका रुस युक्रेन द्वन्द्वमा प्रत्यक्ष संलग्न नहुने

रासस–एएनआई/स्पुतनिक मार्च १९, २०२२

वाशिंगटन (अमेरिका), ५ चैत– पेन्टागनका प्रमुख लोयड अस्टिनले संयुक्त राज्य अमेरिका रुस युक्रेन द्वन्द्वमा प्रत्यक्ष संलग्न नहुने स्पष्ट पारेका छन् । ‘अमेरिका न युक्रेन द्वन्द्वमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ’, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएन प्रसारकलाई भनेका छन् ।

‘राष्ट्रपति जो बाइडन यस तथ्यबारेमा स्पष्ट हुनुहुन्छ कि हामीसँग रुस र युक्रेनसँग लडाईमा संलग्न सेनाहरू हुनेछैनन्’ अस्टिनले भने-‘रुस अमेरिका दुई आणविक शक्ति सम्पन्न देशहरू हुन्। हामी लडेको कसैले पनि हेर्न चाहँदैनन्। यो युरोपेली क्षेत्रका लागि राम्रो होइन । यो विश्वका लागि पनि राम्रो होइन ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू