बुधबार, वैशाख १२, २०८१
09:32 | १४:१७

युक्रेनबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान 

रासस-एएनआई मार्च १७, २०२२

न्यूयोर्क । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोधपछि संयुक्त राष्ट्र सुरक्षा परिषद (UNSC) को आकस्मिक बैठक बोलाइएको छ। बैठक बिहीबारको लागि बोलाइएको हो ।

“बेलायत र [अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिका] ले सुरक्षा परिषद्को बैठक बोलाएको छ। रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो,” संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा लेखेको छ।

बेलारुसमा भइरहेको वार्तामार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला यो घटनाक्रम आएको हो । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन् ।

“वार्ता अझै प्रगतिमा छ। वार्ता एकदमै कठिन छ, र वार्ताको वर्तमान अवस्था, म यो जारी छ भन्न चाहन्छु,” जेलेन्स्कीले बुधबार शान्ति वार्ताको स्थिति बारे सोध्दा उक्त टिप्पणी गरेका छन् ।

बुधवार चौथो चरणको वार्ता जारी रहँदा केही विवरणले युक्रेनी प्रतिनिधिमण्डलका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको भन्दै वार्ता केही प्रगतिमा पुग्ने सुझाव दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू