शुक्रबार, चैत १६, २०८०
01:31 | ०७:१६

राष्ट्रसंघको भावी महासचिव महिला हुनुपर्नेमा जोड

रासस-एएनआई / सिन्ह्वा मार्च १५, २०२२

न्यूयोर्क–संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राखेका छन् ।

महासभाको ७६ औं सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् ।

महिलाको स्थितिसम्बन्धि आयोगको ६६औँ अधिवेशन उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताए । ‘लैङ्गिक समानता र महिला सशक्तिकरणको सवालमा संयुक्त राष्ट्रसंघले विश्वभर उत्कुष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहान्छु । म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुन आह्वान गर्दै अगाडिबाट नेतृत्व गर्नेछु’- उनले भने ।

विगत ७६ वर्षमा संयुक्त राष्ट्रसंघका सबै ९ महासचिव पुरुष रहे । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू