शुक्रबार, वैशाख १४, २०८१
08:14 | १२:५९

पाकिस्तानमा भारतीय क्षेप्यास्त्र खसेको दाबी

रासस-एएनआई मार्च ११, २०२२

इस्लामावाद- पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ।

पाकिस्तानी सेनाले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले फेला पारेको बताएको छ । साँझ ६:४३ बजे उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र सेनाले पत्ता लगाएको थियो ।

रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्रतर्फ उडेर पाकिस्तानको एयर स्पेस उल्लंघन गरेको थियो । 

तर पाकिस्तानको सो दाबीप्रति भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू